कांग्रेस नेता भण्डारी आज संसदमा बोल्दै

| 2023 Jun 21 | 11:56 am 2709

काठमाडौँ, असार ६। गत फागुन ३ गते आफ्नै निवासमा ग्यास लीक भइ आगलागीबाट सक्त घाइते भएका नेपाली कांग्रेसका नेता एवं संघिय संसद चन्द्र भण्डारी आज संसद जाने भएका छन। उपचारपछि नेपाल फर्किएका भण्डारी यस अघि बजेट माथिको छलफलमा भाग लिन संसद गएका थिए। त्यसबेला उनले संसदमा बोलेको विषय सर्बत्र चर्चा भएको थियो। नेता भण्डारीले अबको केहि समय पछि संसदमा आफ्नो विचार राख्ने छन्। सधै देश र जनतालाई केन्द्रबिन्दुमा राखेर आफ्नो विचार राख्ने भण्डारी राष्ट्रबादी नेताका रुपमा परिचित छन्। घाइते भएपछि भण्डारीको संसदमा यो दोस्रो सम्बोधन हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.