कांग्रेस नेता भण्डारी अमेरिका प्रस्थान

| 2023 Oct 02 | 01:38 pm 3117

काठमाडाैं, असोज १५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी अमेरिका प्रस्थान गरेका छन् ।  नेता भण्डारी आगलागिबाट बाचेकाहरुको वार्षिक सम्मेलनमा भाग लिन धर्मपत्नी डा. लक्ष्मी पाण्डे सहित प्रस्थान गरेका हुन् ।

फोनिक्स सोसाइटिको आयोजनामा अमेरिकामा हुने सम्मेलनलाई डा. भण्डारीले सम्बोधन गर्ने कार्यक्रम कार्यक्रम रहेको वरिष्ठ युवा समाजसेवी योगराज कँडेलले बताए । फोनिक्स सोसाइटिले नेपालमा रहेको नेपाल क्लिफ्ट एण्ड वर्न सेन्टरलाई आगलागिबाट बचेकालाई सहभागी गराउन पत्राचार गरेको थियो ।

नेता भण्डारीलाई सम्मेलनमा सम्बोधन गर्न प्रा.डा. शंकरमान राइले सिफारीस गरेका थिए । नेता भण्डारी गत फागुन ३ गते राती आफ्नै निवासमा खाना पकाउने ग्याँस लिक भई आगलागीबाट शक्त घाइते भएका थिए । लामो समय भारतको मुम्बई स्थित वर्न अस्पतालमा उनको उपचार भएको थियो । नेता भण्डारीसँगै प्रा.डा. शंकरमान राई र फिजियोथेरापिष्ट मोहन डंगोल पनि अमेरिका प्रस्थान गरेका छन् । सम्मेलनलाई सम्बोधन गरेपछि नेता भण्डारीले अमेरिका स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी र शुभ चिन्तकसँग भेटघाट गर्ने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.