काठमाडौं, बैशाख २८ः बेरोजगार नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग आर्थिक कारोबार भएको कसुरमा प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सम्भवत आजै निलम्बन गरिने भएको छ ।
खाँण पक्राउ परे लगत्तै बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले खाँणलाई निलम्बन नगरेपछि देशभरका नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले त सार्वजनिक रुपमै निलम्बन गर्नुपर्ने बताएका छन् । केन्द्रीय स्तरका बहुमत नेतृत्वको तिब्र दबाब पति अन्तत आज बस्ने पदाधिकारी बैठकले खाँणलाई निलम्बन गर्नेछ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कारबाहीको दायरामा ल्याउन लागि परेको भन्दै कांग्रेसका युवा नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेरै धन्यवाद दिएका छन् ।
कांग्रेस नेता खाँण शक्तिमा रहँदा आफ्नै पार्टीका नेता कार्यकर्ताको तेजोबोध गरेका कारण उनलाई पक्राउ गरेपछि धेरै कांग्रेसीहरु खुसी भएका छन् ।
हिजो सलाम गर्दा नर्फकाउने खाँणलाई तिनै प्रहरीले घरको गेट फुटाएर पक्राउ गरेको दृश्य भने लाजमार्दो थियो । आफूलाई कांग्रेसको खम्बा र कानुनको ज्ञाता भन्ने नेता खाँणले देखाएको गाइजात्रा भने हेर्ने लायकको भएको उनका छिमेकीले बताएका छन् ।