बुटवल, साउन ७ । नेपाली काङ्ग्रेसका पुराना नेता रामप्रसाद खनालकाे निधन भएको छ । प्रतिबन्धित समयमा बुटवलमा मात्र नभएर लुम्बिनी अञ्चलमै संगठनकर्ताका रुपमा रहेका खनाल बुटवल उपमहानगरपालिकाका पुर्व उप प्रमुख एवं नेपाली कांग्रेस बुटवल नगरका पूर्व सभापति हुन् ।
२०३७ सालमा जीतपुरमा राखिएको नेपाल विद्यार्थी संघको प्रशिक्षण कार्यक्रममा पार्टीका तत्कालिन महामन्त्री गिरीजा प्रसाद कोइरालालाई प्रमुख अथिती बनाइएको कार्यक्रममा खनालको सक्रिय भूमिका रहेको थियो । प्रशिक्षण कार्यक्रममा तत्कालिन लुम्बिनी अञ्चलका अञ्चलाधिश काजिमान कन्दङ्वाको निर्देशनमा तत्कालिन अञ्चलाधिशको निर्देशन र त्यसवेलाका राष्ट्रवादी विद्यार्थी मण्डलका दिपक बोहोरा सहित सयाैंको संख्यामा प्रहरी परिचालन गरी लाठी चार्चमा परेका थिए । साेही घट्नामा गिरीजा प्रसाद कोइरालालाई जाेगाउने क्रममा तत्कालिन नेवि संघका केन्द्रिय सदस्य त्रैलोक्य प्रताप सेनले आफ्नाे ज्याकेट फुकालेर काेइरालालाई कुखुराले चल्ला च्यापे झैं गरी बचाएका थिए । उक्त घट्नामा सेन शक्त घाइते भएर विपी काेइरालाको निर्देशनमा काठमाडाैं ल्याई दुई महिना उपचार गरिएको थियाे ।
खनालले यस बाहेक सुरजपुर काण्डमा पनि सक्रिय सहभागिता जनाएका थिए । २०३६ सालको जनमत संग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका खनालको निधनले सिंगाे कांग्रेस र लोकतन्त्रलाई अपुरणीय क्षती पुगेको रुपन्देही कांग्रेसले जनाएकाे छ ।
खनालको निधनप्रती दुख व्यक्त गर्दै नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्य प्रताप सेनले कांग्रेस भित्रको एउटा सतिसाल ढलेको बताएका छन् ।
प्राेष्टेटबाट पीडित खनालकाे उपचारको क्रममा तिनाउ अस्पतालमा निधन भएको बुटवल उपमहानगरपालिकाकानगर प्रमुख खेलराज पाण्डेले बताए। पाल्पाको कुशुम खाेलामा जन्मेका ८३ बर्षिय खनालका ४ छाेरा २ छाेरी र २ श्रीमती रहेका छन् ।