कांग्रेस जिल्ला सभापति खड्काद्वारा सभापति पदबाट राजीनामा

| 2023 Sep 27 | 05:53 pm 2609

काठमाडौं, असोज १० । जिल्लामा बसेर पार्टी संगठनलाई समय दिन नसकेको भन्दै प्रतिनिधि सभाका सांसद दिपक खड्काले  नेपाली कांग्रेस संखुवासभाको सभापति पदबाट राजीनामा दिएका छन् ।

नेता खड्काले पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष आफू निर्वाचित सांसद भएको कारण अधिकांश समय संसद र  काठमाडौंमा दिनु पर्ने भएकोले पार्टीको संगठन विस्तारमा समय दिन नसकेको स्वीकार गर्दै  राजीनामा दिएका हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.