काठमाडौं, पुस ६ः राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी किरण यादव नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएकी छन् । उनी शेखर कोइराला प्यानलबाट महाधिवेशनमा मधेसी महिलातर्फ केन्द्रीय सदस्यको पदमा उम्मेदवार बनेकी थिइन् ।
मधेसी महिलातर्फ केन्द्रीय सदस्यका लागि चार जनाले उम्मेदवारी दिएका थिए । सभापति शेरबहादुर देउवा समूहकी मुक्ताकुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित हुन सफल भएकी छन् । यस्तै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर विजयी भएकी छन् । उनी आगामी ४ वर्ष कांग्रेस केन्द्रीय समिति बाहिर रहने छिन् ।