कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बूढानीलकण्ठमा

| 2024 Dec 09 | 09:32 am 189

काठमाडौँ २४ मंसिर / सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बिहान ९ बजेबाट सुरू भएको छ।

मंसिर १६ मा भएको स्थानीय तह उपनिर्वाचन समीक्षा र समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुनेछ। । स्थानीय तह उपनिर्वाचनमा कांग्रेसले १९ स्थानमा जितेको थियो।

केन्द्रीय समिति बस्न नसक्ने अवस्थामा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक राख्ने गर्छ। कार्यसम्पादन समितिमा वर्तमान पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यहरू छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.