काठमाडौँ ३० फागुन / प्रतिनिधि सभाको बैठकमा उठेका सवालमाथि जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीविरुद्ध कांग्रेस-एमालेको गठबन्धन गर्न चुनौती दिएका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिने समयमा प्रतिनिधि सभाको बैठकमा उठेका सवालमाथि जवाफ दिँदै प्रचण्डले यस्तो बिचार राखेका हुन् ।
सबै मिल्नुभयो भने माअोवादी प्रमुख प्रतिपक्षमा बसेर देश, संविधान र राष्ट्रको पक्षमा उभिन्छ। चेतावनी दिँदै प्रचण्डले भने तपाईंहरू सबै मिलेर टाउको काट्न खोजेको होइन ? राजनीतिक रुपले हित हुन्छ भने मिल्ने हो सके मिल्नुस् मिल्दा माओबादीलाई कुनै फरक प्रदैन ।
प्रभाव पार्न सकिन्छ भने मिल्ने हो भनेर लागेको हो । ठूला दल मिल्यौ भने तेरो हालत के होला भन्नुहुन्छ ? यसो भनेर मात्रै हुन्छ ? मेरो कामना छ तपाईंहरू सबै मिल्नुस् । प्रधानमन्त्रीले प्रतिनिधि सभामा ओली र देउवा मिले पनि आपत्ति नहुने बताएका छन्।