कांग्रेस–एमाले गठबन्धनबाट जनता खुसी र आनन्दित छन्: सभापति देउवा

| 2024 Sep 21 | 05:32 pm 381

काठमाडौँ, आश्विन ०५ / नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण गर्दै कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् ।

सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठुला पार्टीबिचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको सभापति देउवाको दाबी थियो । सभापति देउवाले सत्ता सहकार्य गरेर दलहरूले जनताको पक्षमा काम गर्नुपर्ने बताए । सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

दुई वटै पार्टी मिल्दा खेरी के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरूलाई । तर प्रतिस्पर्धी पार्टी मिल्दा खेरी देशभरिमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरू खुसी भएका छन् । कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरू छन् यहाँ । त्यस कारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ सभापति देउवाले बताए ।

सभापति देउवाले संविधानमा समावेशी समानुपातिक सिस्टमका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउने नसक्ने कठिन अवस्थामा पनि पार्टीलाई बहुमतमा पुर्‍याउने गरी कांग्रेसले मेहनतका साथ काम गर्नुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.