काठमाडौँ ०३ असार / नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन ललितपुरमा (बुधबार) विहान ८ः३० बजे बस्नेगरि बोलाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ती जारी गरी बैठक बोलाईएको जानकारी गराएका छन् ।
बैठक केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थिति रहने जनाईएको छ ।