कांग्रेसबाट इलाममा डम्बर खड्काले पाए टिकट

| 2024 Apr 04 | 12:52 pm 489

काठमाडौँ २२ चैत / आज देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ । आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्काबारे औपचारिक निर्णय गर्नेछ ।

कांग्रेसले अघि सारेका खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले अडान लिएका थिए । महामन्त्री गगन थापा र डा. शेखर कोइराला भेषराज आचार्यको पक्षमा थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.