कांग्रेसद्वारा विधेयक फिर्ता गर्न सरकार समक्ष माग

| 2019 Dec 16 | 12:55 pm 2006

काठमाडौं, मंसिर ३०: नेपाली कांग्रेस संघीय संसद दलले एक विज्ञप्ती जारी गरी नेपाल सरकारले संघीय संसदमा दर्ता गराएको नेपाल विशेष सेवाको गठन र संचालन सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक सम्बान्धमा संसदीय दलको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा हस्ताक्षरीत विज्ञप्तीमा प्रस्तुत भएको विधेयक नेपालको संविधानमा उल्लेखित नागरिक स्वतन्त्रता, गोपनीयताको हकलगायतको मौलिक हकको प्रतिकूल भएको उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसको संसदीय दलले विधेयक तत्काल फिर्ता गर्न सरकार समक्ष माग गरेको छ । नागरिकका स्वतन्त्रता र हित विपरित हुने खालका यस्ता विधेयक प्रस्तुत नगर्न भन्दै सरकारलाई सचेत गराइएको छ ।

Image may contain: text

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.