काठमाडाै, कार्तिक १६ : मुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजयादशमी, दीपावली तथा छठको अवसरमा चियापान आयोजना गरेको छ । शुक्रबार केन्द्रिय कार्यालया सानेपामा चियापानको आयोजना गरेको हो ।
.jpg)
उक्त कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्तासहित नेकपाका नेताहरुले समेत शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा नेकपाका नेताहरु अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वामदेव गौतम, झलजाथ खनाल , प्रवक्ता नारायणकाजी श्रेष्ठ, राजपाका मण्डलका सदस्य अनिल कुमार झा लगायतका नेता उपस्थित भएका थिए ।
त्यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, भारतीय राजदूत मञ्जिवसिंह पुरीलगायतका कुटनीतिक नियोगका अधिकारी पनि चियापानमा पुगेका थिए ।
विपीको मेलमिलापको नीति अहिले पनि देशमा आवश्यक- अध्यक्ष प्रचण्ड
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको चियापान कार्यक्रममा सहभागि हुन पुगेका नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको संस्थापक नेता विपी कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्मलार्इ सम्झेका थिए ।
.jpg)
कार्यक्रममा बोल्दै प्रचण्डले विपीको मेलमिलापको नीति अहिले पनि देशमा आर्थिक विकास गर्न आवश्यक रहेको बताए । गिरिजाप्रसाद र आफूबीच भएको शान्ति सम्झौतामा हस्ताक्षर अहिले पनि आवश्यक भएको भन्दै उनले भने, ‘राजनीतिक दलबीच एकता नभए जनताको आवश्यक पूरा नभए, कुनै पनि पार्टीको उद्देश्य पूरा नहुने बताए ।’
नेकपाका नेता झलनाथ खनाल
नेकपाका नेता झलनाथ खनालले धेरै पछि प्रतिपक्षी दल नेपाली कांग्रेसको सक्रियता देखिएको बताए । चियापान कार्यक्रममा बोल्दै प्रतिपक्षी दल के गरिरहेको छ भन्ने जिज्ञासा भइरहेका बेला चियापान गरिरहेको भेट्दा खुसी लागेको नेता खनालले बताए । ‘धेरै महिनापछि सानेपामा कांग्रेसका नेतासँग भेट्दा खुसी लागेको छ, कांग्रेसको चियापान यस्तो व्यवस्थित थिएन्, अहिले राम्रो बनाएको रहेछ,’ उनले भने, ‘सत्तारुढ र विपक्षी मिले मात्रै देश बन्छ, बेमेलले आर्थिक उन्नत्ति र देशलार्इ असफलता बाटोमा लैजान्छ ।’
.jpg)
प्रवक्ता नारायणकाजी श्रेष्ठ
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चियापानमा फरक फरक दलका प्रतिनिधिहरु भेटघाट गर्ने अवसर मिल्ने भएकाले सकारात्मक संस्कृति भएको बताए । यसले आफ्नोपन विकास गर्न सहकार्यको विकास गर्न सहयोग गर्ने समेत बताए ।
शुक्रबार दिउँसो १ बजेदेखि ललितपुरस्थित केन्द्रीय कार्यालयमा भएको कार्यक्रम साँझ ५ बजेसम्म चल्ने जनाएको छ । कार्यक्रममा पार्टीका सभापति शेरबहादुर देउवासहित पदाधिकारी र पूर्व पदाधिकारी उपस्थित रहेका छन् ।
पार्टीका केन्द्रीय सदस्यहरुले कार्यक्रममा आउनेलाई गेटदेखि मञ्चसम्म उभिएर स्वागत गरेका छन्, भने पदाधिकारी र पूर्व पदाधिकारीले मञ्चमा उभिएर स्वागत गरेका छन् ।
.jpg)