कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक माघ ६ गतेका लागि सारियाे

रिपोर्ट नेपाल | 2021 Jan 08 | 06:40 pm 1489

काठमाडाैं, पुस २४ः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक माघ ६ गतेका लागि सारिएको छ ।

शुक्रबार केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै यही पुष २७ गते सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएको बैठक माघ ६ गतेका लागि सारिएको जानकारी दिए ।

विज्ञप्तीमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ पुस २७ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ माघ ६ गते मंगलबार दिनको १ बजे बस्ने भएको छ ।’

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध पनि गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.