काठमाडौं २० साउन। नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
शाहले मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । आज बसेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो । शाहले एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी पेस गरेका छन् ।