कांग्रेसका बरिष्ठ नेता पौडेल युरोप प्रस्थान

| 2018 Sep 14 | 09:18 pm 2486

काठमाडौं, भदौ २९: नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल शुक्रबार राती ९ बजे युरोपका विभिन्न कार्यक्रममा सहभागि हुन प्रस्थान गरेका छन् ।

कतार एयरको उडानबाट राती ९ बजे प्रस्थान गरेका पौडेललाई बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाली कांग्रेसकी केन्द्रीय कोषाध्यक्ष सितादेवी यादव, केन्द्रीय सदस्य नविन्द्रराज जोशी, नेवीसंघका पूर्व अध्यक्ष रंजित कर्ण, तरुण दलका महासचिव भुपेन्द्रजंग शाही, पदमकन्या क्याम्पसकी पूर्व स्ववियु सभापति विनिता अधिकारी लगाएत झण्डै सय जना नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

झण्डै दुई साताको भ्रमणमा निस्किएका पौडेलले १ गते सोमबार लब्जम्बरमा जनसम्पर्क समितिको प्रथम अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेता पौडेल पोर्चुगल, जर्मन, फ्रान्स, हल्याण्ड लगाएतका देशमा नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ । बरिष्ठ नेता पौडेलसँग छोरा चिन्तन पौडेल सँगै गएका छन् ।

पार्टीको महाधिवेशनको मिति नजिकिदै गर्दा पौडेलको युरोप भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बरिष्ठ नेता पौडेल असोज ११ गते बिहान नेपाल फर्कने कार्यक्रम रहेको छोरा चिन्तनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.