काठमाडौं, असार २ : नेपाली कांग्रेसका केन्द्रदेखि भातृसंगठनहरुसम्म गुटउपगुटको चक्करमा परेर भाँडभैलो भइरहेको बेला अचानक एक फरक दृश्य देखिएको छ । केही दिन रामचन्द्र पौडेलको नेतृत्वमा गठबन्धनमा समावेश नभएका शंसाक कोइराला, शेखर कोइराला शनिबार एक ठाउँमा देखिएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसको निर्वाचनको नतिजा आएलगत्तै उनीहरुले भेट गरेको तस्बिर सार्वजनिक भएको हो । नेपाल ट्रेड युनियन कांग्रेसमा रामचन्द्र पौडेलपक्ष विजयी भएको छ । पार्टि सभापति शेरबहादुर देउवा क्याम्पति गएको भन्ने आरोप लागेका कोइराले फेरी एक ठाउँमा देखिएपछि कांग्रेसको राजनीतिमा तरङग पैदा भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला र प्रभावशाली केन्द्रीय सदस्य डा शेखर कोइराला शनिबार टोखास्थित शशांक निवासमा शनिबार भेला भए । स्रोतका अनुसार उनीहरुले पार्टीभित्र पछिल्लो समय बढ्दै गएको गुटबन्दीबाट पार्टी कसरी जोगाउने भन्नेबारे लामो छलफल गरेका छन् ।
कांग्रेसभित्र महामन्त्री कोइरालाले आफु गुटबन्दीको अन्त्य र पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका छन् । डा. शेखर पनि आफु कुनै गुटमा नभएको बताउने गरेका छन् तर, शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको कार्यशैलीको कडा आलोचना गर्दै आएका छन् ।
उनीहरु पार्टीको १४ औं महाधिवेशनबाट कोइराला परिवारको विरासत फर्काउने योजना बनाइरहेको भन्ने खबरहरु पनि बाहिरीएका छन् । गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइराला भने अहिले क्यान्सका कारण ‘रेस्ट’ भएकोले मौन नै देखिएकी छन् । उनी पनि शक्तिकेन्द्रले प्रदान गर्ने अवसरको पर्खाइमा छन् ।