काँग्रेस संसदीय दलद्वारा कार्की र चौलागाईको निधनप्रति दुःख व्यक्त

| 2021 May 12 | 02:09 pm 2261

काठमाडौं, बैशाख २९ः नेपाली कांग्रेस संसदीय दलले पार्टी ज्येष्ठ राजनीतिज्ञसभा सदस्य पृथ्वीबहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको उपचारका क्रममा यही वैशाख २७ गते निधन भएको हो । प्रमुख सचेतक खाणले आज शोक विज्ञप्तिमार्फत पार्टी ओखलढुंगाका पूर्व जिल्ला सभापति कार्कीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

विसं २०१८ देखि काँग्रेसमा आबद्ध कार्कीले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नाका साथै पटकपटक कारागार जीवन व्यतित गरेका उल्लेख गर्दै काँग्रेस संसदीय दलले उनको निधनबाट पार्टीले अपूरणीय क्षति पुगेको जनाएको छ ।

काँग्रेस संसदीय दलले आजै पूर्वसांसद, तत्कालीन संविधानसभा सदस्य, वाग्मती प्रदेशसभा सदस्य एवं नेकपा (एमाले) का नेता पशुपति चौलागाईंका उपचारका क्रममा मंगलबार भएको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रमुख सचेतक खाणले आज छुट्टै शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पणका  साथ  शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.