काठमाडौं, जेठ १४ : नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा गुल्मीको सदरमुकाम तमघास जाने भएका छन् । राष्ट्रिय जागरण अन्तर्गत नेपाल तरुण दल र नेपाल विद्यार्थी संघद्वारा संयुक्त रूपमा राखिएको आम सभालाई सम्बोधन गर्नका लागि नेता शर्मा गुल्मी जान लागेका हुन ।
तरुण दल गुल्मीका अध्यक्ष भरत भलामीका अनुसार जेठ २० गते सोमबारका दिन आमसभाको आयोजना गरिएको छ । नेपाली काँग्रेसका कार्यकतालाई जागरुक बनाउँदै दुई तिहाइको सरकारले चलाएको राज्य आतङ्क र गलत क्रयाकलापकाविरुद्व जनतालाई बुझाउन कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भरत भलामीले बताए ।