काँग्रेस नेता भट्टरार्इलार्इ मस्तिष्कघात

रिपोर्ट नेपाल | 2018 Jun 21 | 05:34 pm 2560

काठमाडौं,असार ७ : नेपाली काँग्रेसका नेता एवं प्रखर वक्ता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको बुझीएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पुर्याइएको थियो ।

अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका भट्टराईलाई हाल उच्च निगरानीमा राखिएको छ । सिटी स्क्यान रिपोर्ट आएपछि मात्र थप उपचारको प्रक्रिया अगाडि बढाइने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

स्नायु रोग विशेषज्ञ डा राजीव झासहितको टोलीले उनको उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.