काँग्रेसलाई पुरानै पार्टीमा स्थापना गरी विश्राम लिने -सभापति देउवा

रिपोर्ट नेपाल | 2018 Jun 09 | 07:02 pm 2814

डडेल्धुरा, जेठ २६: नेपाली काँग्रेस डडेल्धुराले आयोजना गरेको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसलाई पुरानै पार्टीमा स्थापना गरी विश्राम लिने बताएका छन्। 

आफ्नो नेतृत्वमा सम्पन्न भएका तीन तहका निर्वाचनमा काँग्रेस हारेर पनि देशलाई जिताई संविधान कार्यान्वयनको गतिमा लगेको उनले उल्लेख गरे । कम्युनिष्टहरु एक हुँदा पनि काँग्रेस बलियो नै देखिएको सभापति देउवाले दाबी गरेका थिए। प्रत्यक्ष निर्वाचनमा संख्यात्मकरुपमा केही सिट कम आएको कुरा स्वीकार्दै सभापति देउवाले समानुपातिकका मतले पार्टीलाई जनताले विश्वास दिएको उल्ल्ख गरेका  छन् ।

काँग्रेस विभिन्न कालखण्डका आन्दोलनमा अग्रमोर्चामा उभिएको र निर्णायक बेलामा नेतृत्व लिने पार्टी भएकाले पार्टीभित्रका आन्तरिक कुरालाई मिलाएर पहिलो पार्टी स्थापना गरी छाड्ने उनले प्रतिबद्धता जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.