कहिले मेची कहिले काली

रिपोर्ट नेपाल | 2024 Mar 18 | 12:44 pm 873

गोबिन्द राज ओझा (राजन)   

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

कविता 

कहिले मेची कहिले काली घुम्न मन लाग्छ

देशलाई आत्मनिर्भर र सुन्दर बनाउने सपना छ

हिमाल जस्तो अग्लो शिर उँचो बनाएर खेल्छौ

राष्ट्रिय एकता देशको माया जनताको मनमनमा सजाउँछौ

 

हामीले नै अगाडी सर्नुपर्छ देशमा सुशासन ल्याउनु छ

देशको इतिहासलाई जोगाएर राख्नु छ

मनमा दियो बाली देशलाई उज्यालो बनाऊ

मनका भावनामा देसलाई सजाऊ

 

सुन्दर देश ,सुन्दर प्रकृति मन लोभ्याउँछ

अग्ला हिमालहरूले मनमा शान्ति ल्याउँछ

कहिले मेची कहिले काली घुम्न मन लाग्छ

देशलाई आत्मनिर्भर र सुन्दर बनाउने सपना छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.