कस्तो बन्दैछ नेकपाका तल्ला कमिटीको मोडल ?

रिपोर्ट नेपाल | 2018 Jun 03 | 08:02 am 1031

काठमाडौं, जेठ २०: नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तत्कालीन दुई पार्टीका संगठनलाई प्रदेशदेखि गाउँ कमिटीसम्म समायोजन गर्न मापदण्ड तयार गरेको छ। नेकपाले जनवर्गीय संगठन र प्रदेशदेखि गाउँ कमिटीसम्म समायोजन गरी बनाइने नयाँ कमिटी छरितो बनाउने मापदण्ड तयार गरेको हो । सचिवालयले कमिटीमा कस्ता व्यक्तिलाई ल्याउने भन्ने मापदण्ड पनि बनाएको छ।

दुबै पार्टीको जनवर्गीय संगठनको एकताका लागि सम्बन्धीत पार्टीका इन्चार्ज र अध्यक्ष रहेको २२ जनवर्गीय कार्यदल गठन भएका छन् । प्रदेश र जिल्ला संगठनमा अध्यक्ष, सचिव र सदस्यहरुमात्रै रहने गरी कमिटी बन्ने छन् । प्रदेश कमिटी कम्तिमा १५१ सदस्यीय हुने छ । जिल्ला कमिटी भने न्यूनतम कम्तिमा ७५ सदस्यीय हुने छ । तर, प्रदेश र जिल्लाअनुसार कमिटीको आकार केही फरक पर्नसक्छ । प्रदेश र जिल्ला कमिटी सचिवालय भने कमिटीको कूल संख्याको एक तिहाई आधारको बन्ने छ ।

एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा भने प्रत्येक निर्वाचन क्षेत्रबराबर ५ सदस्य थपेर कमिटी बनाइने छ । जसअनुसार काठमाडौमा १२५ सदस्यीय जिल्ला कमिटी बन्ने छ ।

  • प्रदेश कमिटी कम्तीमा १५१ सदस्यीय हुने
  • जिल्ला कमिटी कम्तीमा ७५ सदस्यीय
  • एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा प्रत्येक निर्वाचन क्षेत्रबराबर ५ सदस्य थपिने
  • काठमाडौंमा १२५ सदस्यीय कमिटी बन्ने
  • महानगर कमिटी ७५ सदस्यीय, उपमहानगर कमिटी ६१ सदस्यीय, नगर र गाउँ कमिटी
    ५१ सदस्यीय
  • वडा कमिटी २५ सदस्यीय र प्रारम्भिक कमिटी १५ सदस्यीय
  • प्रदेश र जिल्लाअनुसार कमिटीको आकारमा केही फरक पर्न सक्छ

तत्कालीन एमालेमा २२ र माओवादीमा २४ जनवर्गीय संगठन थिए। अहिले एकताका लागि जनवर्गीय संगठनको २२ कार्यदल गठन गरिएका छन्। कार्यदलमा तत्कालीन दुबै पार्टीका जनवर्गीय संगठनका इन्चार्ज र प्रमुखलाई राखिएको छ। उनीहरुलाई छलफलमा अनिवार्य उपस्थितिका लागि पार्टी सचिवालयले निर्देशन दिएको छ। निर्देशन नदिएका जनवर्गीय संगठनको एकता-एकिकरण आवश्यक छलफल र निर्णयपछि अर्को निर्देशन दिने सचिवालय स्रोतले जनायो। -नयाँ पत्रिका

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.