कसरी हुन्छ मिर्गौला संक्रमण ?

रिपोर्ट नेपाल | 2018 May 30 | 07:05 am 3434

मिर्गौला संक्रमण निकै पीडादायी रोग हो, जो मूत्राशय(ब्लाडर) को संक्रमण सिस्टाइटिसका कारण हुन्छ । अधिकांश मानसिमा सिस्टाटिसकाबाट मिर्गौलाको संक्रमण हुँदैन ।

तर, कहिलेकाही ब्याक्टेरिया ब्लाडरबाट एक या दुबै मिर्गौला सम्म पुग्न सक्छ । तत्कालै रोग पहिचान गरेर एन्टिबायोटिकले उपचार गरेमा मिर्गौलाको संक्रमण गम्भिर हुँदैन । तर, समयमै उपचार गरिएन भने अवस्था खराब हुँदै गएर मिर्गौला बिग्रने सम्भावना हुन्छ ।

लक्षण

मिर्गौला संक्रमणको लक्षण कहिलेकाही केही घण्टामै देखिन सक्छ । यस्तो अवस्थामा उच्च ज्वरो आउने, कम्पन हुने र पछाडि या साइडमा पीडा हुने हुन्छ । साथै सिस्टाइटिसजस्ता युरिनरी ट्रयाक्ट इन्फेक्सन (युटिआइ) का लक्षण पनि देखिन्छ । तिनका लक्षण निम्न छन्ः

  • अचानक पिसाव लाग्ने र सामान्यभन्दा बढी पिसाब हुने ।
  • पिसाब गर्दा पीडा र पोल्ने ।
  • गन्हाउने या बाक्लो पिसाब हुने ।
  • पिसाबमा रगत देखिने, आदि ।

यसरी कम्मर या यौनांगमा पीडा भएमा या युटिआइको लक्षण केहि दिनमा पनि सुधार नदेखिएमा र पिसाबमा रगत देखिएमा तत्काल चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

मिर्गौलाको संक्रमण पहिचान हुने बित्तिकै क्षतिहुनबाट जोगाउन र रगतमा फैलन नदिन एन्टिबायोटिक लिन थाल्नुपर्छ । यसका साथै पेनकिलर पनि लिनु पर्ने हुन सक्छ ।

यदि लामो समयदेखि समस्या छ भने र विशेषगरी गर्भवती महिला छन् भने अस्पताल नै भर्ना हुनुपर्ने अवस्था आउन सक्छ । एन्टिबायोटिक लिन थालेको दुई सातापछि बिरामीले सुधार महसुस गर्नुपर्छ ।

कारण

(ई कोली) नामक ब्याक्टेरिया पिसाब बग्ने ट्युबमा पुगेपछि मिर्गौलाको संक्रमण हुन्छ । ब्याक्टेरिया ब्लाडर सम्म पुगेर सिस्टाइटिस हुन्छ र मिर्गौलासम्म पनि पुग्न सक्छ । इ कोली दिसा गर्ने अंगमा हुन्छ र, त्यहाँ रहँदा कुनै असर पुर्याउँदैन । तर यौन सम्पर्कका दौरान या दिसा पुछ्दा या धुँदा मूत्रमार्गमा पुग्न सक्छ ।

मिर्गौला संक्रमण हुने अरु पनि कारण छन् । मुत्राशयको संक्रमणविना पनि मिर्गौलाको संक्रमण हुन सक्छ । यदि मिर्गौलाको पत्थरी छ मधुमेह छ या रोग प्रतिरोधी क्षमता कमजोर छ भने पनि मिर्गौलाको संक्रमण हुन सक्छ । मिर्गौलाको संक्रमण कुनै पनि उमेर समूहका मानिसलाई हुन सक्छ । यद्यपि विशेषगरी महिलाहरु यसबाट बढी प्रभावित हुन्छन् । किनभने महिलाको दिसा गर्ने अंग र युरेथ्रा नजिकै हुन्छ र ब्याक्टेरिया सजिलै मुत्रमार्गमा प्रवेश गर्ने सम्भावना रहन्छ । अझ यौनका हिसाबले बढी सक्रिय हुने उमेरका युवतीहरु बढी जोखिममा हुन्छन् ।

कसरी रोक्ने ?

मिर्गौलाको संक्रमण हुन नदिन यरेथ्रा र पिसबथैलीलाई ब्याक्टेरीयारहित बनाउनु पर्छ । जसका लागि निम्न उपाय अपनाउन सकिन्छः

  • तरल पदार्थ बढीभन्दा बढी पिउने, सादा पानी पिउनु सबै भन्दा राम्रो हुन्छ ।
  • पिसाब लाग्नेबित्तिकै पिसाब गरिहाल्नु पर्छ, धेरैबेर रोक्नुहुन्न ।
  • यौन सम्पर्कपछि पिसाब गर्नुपर्छ । दिसा गरेपछि अगाडिबाट पनि पछाडिकै हिसाबले सफा गर्नुपर्छ ।
  • हरेक दिन यौनांग धुनुपर्छ, सम्भव भएसम्म यौनसम्पर्क अगाडि यौनांग सफा गर्नुपर्छ ।
  • कब्जियत हुन नदिने, कब्जियतले पनि युटिआई गराउँछ, आदि ।

     (नेसनल हेल्थ सर्भिस बेलायत)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.