काठमाडौं, कार्तिक ९: दरबारमार्गमा रहेको याक एण्ड यतीको क्यासिनोमा बिहीबार एक नेपालीको मृत्यु भएको छ। नेपालीलार्इ क्यासिनोमा रोक लगाइएको छ। तर, मृतक नेपाली कसरी क्यासिनोमा प्रवेश पाए भन्ने प्रश्नमा दरबार प्रहरीको निगरानी नभएका बताइन्छ।
सिराहको सकुवा नन्कारकट्टी-१ मधुवनी घर भएका बुद्धीलाल साहको एक्कासी ढलेर मृत्यु भएको बताइएको छ। मृत्यु भएका साहको साथबाट भारतीय नक्कली रासकार्ड समेत फेला परेको । साहको साथबाट बरामद भएको कार्डमा उनको नाम हरिशंकर पाल लेखिएको प्रहरीले जनाएको छ।
हरिशंकर पालको नामबाट क्यासिनो छिरेका उनको रासकार्ड क्यासिनोले नै बनाइदिएको हो या उनी आफैं लिएर गए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। क्यासिनोमा नक्कली कार्ड बनाएर क्यासिनोमा प्रवेश गराइन्छ भन्ने बुद्धिलालको क्यासिनो भित्रै भएको मृत्युले प्रमाणित गरिदिएको छ।
शुक्रबार बिहान बुद्धीलालका परिवारका सदस्यले क्यासिनो सञ्चालनकसँग कसरी प्रवेश दिइयो भन्दै प्रश्न गरेका थिए।
प्रहरीको सेटिङमा नेपालीलार्इ क्यासिनो प्रवेश गराउने गरेको भन्दै पटक-पटक प्रहरीको समेत आलोचना हुने गरेको छ। सिराह घर भएका साह बसीरहेको अवस्थामा ढलेको बताइए पिन उनी जुवा खेले नखेलेको भन्ने विषयमा भने प्रहरीले सिसिटिभि फुटेज हेरेपछि थाहा हुने प्रहरील जनाएको छ। परिवारजनले पछि फुटेज हटाउन सक्ने भन्दै चाँडो सिसिटिभि फुटेज हरिनुपर्ने माग गरेका छन्।