कसरी घुस्यो पुलिस स्कुलमा चुरोट ?

| 2023 Aug 16 | 05:43 pm 9013

काठमाडाैं, साउन ३१ । नेपाल प्रहरीद्वारा संचालन गरिएको नेपाल पुलिस स्कूल साँगामा चुरोट भित्रिएको कुराले बुधबार विहान स्कूल परिसरमा चर्चा परिचर्चा चलेको छ ।

अभिभावकले आफ्ना छाेरा छाेरी धुम्रपान मद्यपान जस्ता चिजको कुलतमा लाग्लान भनेर चाैघेरा भएको स्कूलमा भर्ना गरेका हुन् । सबै कुराको चेकजाँच भएर मात्र भित्र पस्न पाइने स्कूलमा कसरी चुरोट पस्यो भनेर आज विहान ११ बजे साँग स्कूलमा हंगामा भएको थियो ।

कक्षा ११ मा अध्ययन गर्ने अमित गोयलले चुरोट भित्र छिराएको भेटेपछि उनले अर्का दुई सहपाठीको नाम लिएका छन् । शिक्षकले शंका लागेर खानतलासी गर्दा चुरोट भेटिएको समाचार स्रोत बताउँछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.