कलेजकाे प्रतिभालाई प्रोत्साहन गर्नका लागि ट्रिटन फुटसल कप शुरु

रिपोर्ट नेपाल | 2018 Jul 22 | 03:08 pm 2170

काठमाडौं,  साउन ६ : ट्रिटन इन्टरनेशनल कलेजले राजधानिमा तनि दिने ट्रिटन फुटसल कप आयोजना गरेको छ । कलेजकाे प्रतिभालाई प्रोत्साहन गर्नका लागि ट्रिटन कलेजले  आज (आइतबार)बाट ‘संखमूल फुटशल’मा प्रतियोगीताकाे शुरु गरेको हो ।

साउन ६ देखि ८ गतेसम्म चल्ने प्रतियोगितामा काठमाडौं उपत्यकाका ३६ कलेजका टिमको सहभागिता हुने छन् । कलेज प्रतिभालाई प्रोत्साहन गर्दै विद्यार्थीमा सामाजिक उत्तरदायित्व बोध गराउने उद्देश्यले प्रतियोगित गरेको कलेजले बताएको छ । यो वर्षबाट सुरु भएको प्रतियोगिता आउदो रहेका वर्ष हुने कजेलले जनाएको छ ।

ट्रिटन इन्टरनेशनल कलेजमा बीएस डब्लु अध्ययनरत विद्यार्थीहरुको अग्रसरतामा प्रतियोगिता आयोजना गरिएको ट्रिटनका इसीए संयोजक मनिष बस्नेतले जानकारी दिए । आयोजित प्रतियोगिताबाट उठेको केही रकम माइती नेपालमा रहेका बालबालिको शैक्षिक विकासका लागि प्रदान गरिने आयोजकले बताएकोछ ।

प्रतियोगिताको उद्‍घाटन कलेजका भाइस प्रिन्सिपल श्रीकृष्ण विष्ट र एडमिन तथा अप्रेशन चिफ रितु न्यौपानले गरेका थिए । प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार र दोस्रो हुने टोलीले ३० हजार नगदसहित प्रमाणपत्र र शिल्ड प्राप्त गर्नेछन् ।

प्रतियोगिताको बिजनेस पार्टनर डिभी ग्रुप अफ कम्पनिज रहेको छ भने सञ्चालनका लागि अक्वा वर्ल्ड, अक्वा प्राइम, ओम शान्ति टेलर्सले प्रायोजन गरेको छ । त्यस्तै प्रतियोगिताको मेडिकल पार्टनर नेसनल क्यान्सर हस्पिटल रहेको आयोजकले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.