कलंकीमा भयानक सवारी दुर्घटना एकको मृत्यु, चार घाइते

रिपोर्ट नेपाल | 2020 Feb 24 | 09:38 pm 1917

काठमाडौं, फागुन १२: सोमबार साँझ कलंकीमा भयानक सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

एउटा ट्रकको ब्रेक फेल भएर ९ वटा सवारी साधनलाई ठक्कर दिएर दुर्घटना गराएको हो ।

उक्त दुर्घटनामा मृत्यु भएकको पहिचान खुल्न बाँकी रहेको छ भने घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

थानकोटबाट कलंकी आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा अगाडिका ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ब्रेकफेल भएको ट्रकले एउटा स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठक्कर दिएको बताइएको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.