कर्मचारी युनियनद्वारा गुल्मी कारागारका बन्दीलाई सहयाेग

| 2021 Sep 04 | 02:07 pm 4053

गुल्मी, भदाै १९ः नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीले जिल्ला कारागारका कैदीबन्दीको लागि खाना पकाउने सामग्री उपलब्ध गराएको छ । नेपाल निजामती कर्मचारी युनियनको ३१औं स्थापना दिवसको अवसर पारेर गुल्मी शाखाले खाना पकाउने सामग्री (ढक्कन सहितको ठूलो डेक्ची दुई थान) उपलब्ध गराएको युनियनका जिल्ला अध्यक्ष मेघलाल पाण्डेले जानकारी दिए ।

No description available.

युनियनका पुर्व केन्द्रीय उपाध्यक्ष एवम् आधिकारिक ट्रेड युनियनका संस्थापक अध्यक्ष जयश्वर पन्थीको प्रमुख आतिथ्यतामा उक्त सामग्री जिल्ला कारागारका निमित्त कार्यालय प्रमुख ढालेन्द्र पुनलाई हस्तान्तरण गरिएको थियो । सामग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि पन्थीले युनियनमा आबद्ध सम्पुर्ण कर्मचारीहरु जनताको सेवामा सधै कटिबद्ध र निष्पक्ष भएर लाग्न आग्रह गरे ।

मुस्कान सहितको सेवा सहित आफ्नो पेशागत हकहितको लागि संगठन विस्तार गर्न आग्रह गरे । उनले युनियनमा आवद्ध सम्पुर्ण कर्मचारीहरुलाई जिल्ला स्थित सबै कार्यालयहरूमा छिटो छरितो सेवा प्रदान गरी सुशासन कायम गरेर अगाडी बढ्न आग्रह गरे । दिनानुदिन कोभिड-१९ को संक्रमण बढ्दै गएकोले विगतमा जस्तो भव्य कार्यक्रम नगरिएको युनियनका अध्यक्ष पाण्डेले बताए ।

उनले विगतका वर्षहरुमा युनियनको स्थापना दिवसको अवसरमा जिल्लाभरिका युनियनमा आबद्ध सबै निजामती कर्मचारी साथीहरूलाई सहभागी गरेर भव्य कार्यक्रमको आयोजना गरिदै आएको उल्लेख गरे । युनियन जिल्ला शाखाले शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, बाढी-पहिरो पीडित लगायतलाई सहयोग गर्दै आएको बताइएको छ ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष खिमबहादुर अधिकारी, नेपाल कर्मचारी युनियनका रेसुङ्गा नगरपालिका अध्यक्ष बालुराम खनाल लगायतका युनियनमा आबद्ध कर्मचारीको उल्लेखनीय सहभागीता रहेको थियो । सामग्री हस्तान्तरण कार्यक्रमको संचालन युनियनका जिल्ला कोषाध्यक्ष सन्जीव पन्थीले गरेका हुन् । स्मरण रहाेस युनियनले आफ्नाे बार्षिक उत्सवकाे अवसरमा विगतका वर्षहरूमा पनि जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय गुल्मी लगायतका विभिन्न संघ संस्थालाइ स्वास्थ्य सामाग्री र अन्य सामाग्री वितरण गर्दै आइरहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.