बारा, मंसिर २१ : २०७३ पुस १० गते बारा जिल्ला करैया गाविस वडा नम्बर ८ स्थित सहजनाथ सामुदायीक वनमा भारत विहार राजलक्ष्मीपुर पोखरीया वडा नम्बर ४ का वर्ष २७ को अरुण राम र वर्ष १९ को दिपक रामलाई धारिलो हतियारले घाटी रेटी हत्या गरी फरार रहेका गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा कलैया उपमहानरपालिका वडा नम्बर १२ सितलपुरका वर्ष २५ को (लड्डु) भन्ने राजकिशोर गिरीलाई पक्राउ गरेको हो । उनलाई बारा महानगढिमाई नगरपालिका वडा नम्बर १ सिमरा तेलगछिया टोलस्थित लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानाकरी दिए ।