बर्दिया, चैत ८ः कर्तव्य ज्यान मद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका ६ का अमर सिंह थारु रहेका छन् ।
सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाको मिति २०७९।०७।२९ गतेको फैसला आदेशले कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद रु १ लाख जरिवाना सजाय तथा रु २५ हजार क्षतिपुर्ती तोकेको थियो ।
फैसला पश्चात् फरार रहेका थारुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले हिजो मंगलबार बाँसगढी नगरपालिका वडा नं. ६ मोतिपुर स्थित लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका थारुलाई आवश्यक कारबाहीको लागि बुधबार सम्मानित बर्दिया जिल्ला अदालत गुलरिया बुझाईकोमा सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाले बताए ।