सुर्खेत, माघ ९: बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेकपाका उम्मेदवार विजय भएका छन्।
विजयी हुनेमा नेकपाका उम्मेदवार मायाप्रसाद शर्मा र सुमित्रा बिसी रहेका छन् । शर्माले ३ हजार ६ सय १८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका डिल्लीराम पाठकले १ हजार २६ मत ल्याए।
त्यस्तै नेकपाका अर्का उम्मेदवार सुमित्रा विसीले ३ हजार ६ सय ८४ मत ल्याइन् भने नेपाली काँग्रेसका उम्मेदवार गणेशकुमारी बस्नेत १ हजार २६ मत ल्याएको निर्वाचन अधिकृत डा राजेन्द्रप्रसाद आचार्यले जानकारी दिए।
उक्त प्रदेशमा खसेको कुल मतमध्ये दुई बदर भएको थियो। कुल १ सय ९८ जनामध्ये १ सय ९५ जनाले मतदान गरेका थिए। तीनजना मतदानमा सहभागी भएका थिएनन्।