कर्णालीले विराटनगरलाई दियो १३४ रनको रक्ष्य

| 2024 Dec 07 | 03:02 pm 181

काठमाडौँ २२ मंसिर / कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको रक्ष्य दिएको छ । विराटनगरले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्रै बनायो ।

कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टाले अर्धशतक प्रहार गरे । देव ४८ बलमा ५३ र बोसिस्टा ४९ बलमा ६६ रनमा आउट भए । ९ रनमा २ विकेट गुमाएको कर्णालीको ब्याटिङ देव र बोसिस्टाले सम्हालेका थिए । कर्णालीले अन्तिम ओभरमा ४ विकेट गुमाउन पुग्यो ।

बलिङमा विराटनगरका प्रतिश जीसीले ४, क्रिस सोल र बसिर अहमदले २–२ तथा अकिव इल्यासले एक विकेट लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.