सुर्खेत मंसिर १४/ सुरक्षा निगरानीमा सहजता हुने भन्दै कर्णाली प्रदेश प्रहरी कार्यालयले आफ्नो मातहतका सबै गण,गुल्म ,जिल्ला लगाएतका युनिटहरूलाई ड्युटीका समयमा माेबाइल फाेन नचलाउन निर्देश गरेको छ।ड्युटीमा रहेको समयमा माेबाइल चलाउदा सुरक्षा निगरानीमा हानि पुर्याउने भन्दै प्रदेश प्रहरी कार्यालयले मातहतका सवै निकायलाई परिपत्र गरिसकेको छ।ड्युटीमा रहेका कमाण्डरकाे हकमा याे निर्देश लागू नहुने र अन्यलाई अति आवश्यक परे कमाण्डरकाे माेबाइल प्रयोग गर्न सकिने जनाइएको छ।