करोडौंको भ्रष्टाटाचार मुद्दमा सशस्त्रका चार पूर्वप्रमुखलाई सफाइ

| 2019 Jul 01 | 03:06 pm 1987

काठमाडौं, असार १६ : करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाइएका सशस्त्र प्रहरीका चार पूर्वआइजीपीहरुलाई विशेष अदालतले सफाइ दिएको छ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले अख्तियारले जुटाएको कागजले भ्रष्टाचार भएको आधार नदेखिएको बताउँदै उनीहरुलाई सफाइ दिएको हो।

विशेष अदालतका अनुसार अनुसार चार पूर्वआइजीपीहरुसहित २२ जनालाई विशेषले सफाइ दिएको हो। उनीहरुले सशस्त्र प्रहरीको सामान ढुवानी गर्दा नक्कली बिल बनाई करोडौ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको थियो।

चार पूर्वप्रमुखसँगै अन्य अधिकारीहरुले पनि सफाइ पाएका हुन्। सशस्त्रका पूर्वआइजीपीहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, वासुदेव वली र सनतकुमार बस्नेतसहित २२ जनाविरुद्ध २०७२ सालमा अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.