करेन्ट लागेर साेलुखुम्बुमा वडाध्यक्षकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Sep 22 | 11:46 am 2708

सोलुखुम्बु, असाेज ६ः साेमबार बिहान साेलुखुम्बु जिल्लाको माप्यदुधकोशी गाँपालिका वडा नं. ५ का वडाध्यक्ष निमराज तामाङकाे करेन्ट लागेर मृत्यु भएको छ ।

सोलु च्याल्सा बिधुत कम्पनीले बितरण गरेको हाईड्रेशन लाईनमा फलामको रडले छुँदा उक्त घटना घटेको घटनाका प्रत्येक्षदर्शी हिमाल एफ एम सोलुका स्टेशन म्यानेजर शिखर गजरकोटेले बताए ।

घटनाभएपछि तामाङलाई उपचारको लागि तत्काल जिल्ला अस्पताल फाप्लु पुर्याए पनि अस्पतालले तामाङलाई मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यलय सोलुले जनाएको छ ।

तामाङ २०७४ सालमा तत्कालिन नेमपा ऐमालेबाट निर्बाचित वडाध्यक्ष हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.