सर्लाही, असाेज ७ः बुधबार बिहान करेन्ट लागेर सर्लाहीमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हरीपुर्वा नगरपालिका वडा नं. ३ धनकौल बस्ने अन्दाजी ५५ वर्षीय वृद्ध कपिलदेव राय रहेका छन ।
उक्त स्थानमा रहेकाे भोला बाबाको मन्दिरको प्रङगनमा पानि तान्ने कलमा नुहाउने क्रममा कलमा जडान गरेको मोटरमा वृद्ध रायलाई अचानक करेन्ट लागि गम्भीर घाइते भएका थिए । करेन्ट लागि गम्भीर घाइते रायलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा सर्लाही ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।