सप्तरी, चैत २२ः करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४५ वर्षीय अशोककुमार चौधरी रहेका छन् । उनको शनिबार बिहान मृत्यु भएको हो ।
स्थानीय नरसिंह चौधरीको घरमा मिटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेर अशोककुमार गम्भीर घाइते भएका थिए । घाईते अशोककुमारलाई उपचारको लागि युनिक अस्पताल सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।