रौतहट, भदाै १७ः बुधबार करेन्ट लागेर राैतहटमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौर नगरपालिका ६ का राम एकवाल साहका ९ बर्षीय छाेरा गुड्डु साह रहेका छन् ।
साेही स्थानकाे सबगढा चोकमा रहेको राम एकबाल साहको पान पसलको फलामे घुम्तीबाट करेन्ट लागेको वडाअध्यक्ष शेष जमसेदले जानकारी दिए । उनका अनुसार साहले आफ्नो घुम्तिमा चोरी नहोस् भनेर राती सो पसलमा करेन्ट प्रवाह गरेर गएका थिए ।
मृतक बालक बिहान सो पसल वरपर रहेका प्लास्टिक बोतल, चिसो पेय पर्दाथका बिर्कोहरु टिप्न जाँदा करेन्ट लागेर मृत्यु भएको उनले जानकारी दिए ।
उनका अनुसार सोही पसलमा केही दिन अगाडि करेन्ट लागेर एउटा कुकुरको पनि मृत्यु भएको थियो ।
वडाअध्यक्ष जमसेदका अनुसार मृतक बालकको परिवारले पसले साहको लापरवाहीले गर्दा बालकलाई करेन्ट लागेर मृत्यु भएको भन्दै साह विरुद्ध प्रहरीमा किटानी जाहेरी दिने तयारीमा लागेका छन् ।