बाँके, भदौ ४ः नेपालगञ्जमा करेन्ट लागेर शनिबार बाबु र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परशुराम कलवार र २५ वर्षीय बब्लु कलवार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
घाइते भएपछि उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो ।
शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।