करेन्ट लागेर पर्वतमा वडा सदस्यको मृत्यु

रिपोर्ट नेपाल | 2022 Jul 17 | 07:16 am 1409

पर्वत, साउन १ः करेन्ट लागेर पर्वतमा वडा सदस्यको मृत्यु भएको छ। मृत्यु हुनेमा विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दीपक गुरुङ रहेका छन् ।

उनको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो। गुरुङ गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा विजयी भएका थिए।

३९ वर्षीय गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि पर्वत अस्पतालमा ल्याइएको छ। कपडा सुकाउने तारमा विद्युतको करेन्ट प्रवाह भएकाले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। मृतक गुरुङका दुई छोरी र एक छोरा र श्रीमती छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.