करेन्ट लागेर दासकाे मृत्यु  

रिपोर्ट नेपाल | 2021 Jul 20 | 12:47 pm 329

सर्लाही, साउन ५ः साेमबार करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बसवरिया गाउँपालिका.-६ सोहडवा स्थितमा रहेको राम -जानकी मठमा पुजारीको रुपमा बिगत ४५ बर्ष देखि रहदै बस्दै आएको  बिष्णु गाउँपालिका ८ बत्रौल घर बताउने ६० वर्षीय किशोरी दास बैरागी रहेका छन् ।

बिहान भजन किर्तनको लागि मन्दिरको बरण्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लागि मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली खटी गई मुचुल्का लगायत अन्य प्रारम्भिक अनुसन्धान कार्य गरी पोष्ट मार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाईएको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.