तनहुँ, असार १८ः करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ व्यास नगरपालिका ६ सेखाटारकी ५८ वर्षीया हेकुठिनी श्रेष्ठ रहका छन् ।
उनलाई मिक्स्चर चलाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि रत्नहरि अस्पताल लगिएकोमा दिउँसो साढे १२ बजे मृत घोषित गरिएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।