झापा, जेठ २४ः करेन्ट लागेर झापामा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान जिल्लाको कालिमाटी गाउँपालिका ४ का २६ वर्षीय चित्रबहादुर ओली रहेका छन् ।
काम गर्ने क्रममा उनलाई दमक नगरपालिका–२ हुम्से दुम्से सामुदायिकमा करेन्ट लागेको थियो । चलिरहेको जेसीबीलाई बिजुलीको तारले छुन पुगेपछि पन्छ्याउने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।