करेन्ट लागेर कास्की र स्याङ्जामा एक एक जनाकाे मृत्यु

| 2021 Jun 08 | 02:37 pm 217

कास्की,  जेठ २५ः  करेन्ट लागेर कास्कीको अन्नपूर्ण गाउँपालिका–१० होदुमा एक बालकको ज्यान गएको छ । ज्यान जानेमा  स्थानीय शेरबहादुर विकका आठ वर्षीय छोरा युवराज विक रहेका छन् । उनकाे करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै घरको कुखुराको खोरमा बिजुलीको बल्ब नभएको खाली होल्डरमा हात घुसाउँदा करेन्ट लागेर बेहोस भएका बालकको उपचारको लागि पोखरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै स्याङजाको चापाकोट नगरपालिका–१० र १ जोड्ने निर्माणाधीन पुलमा काम गर्ने दाङको राप्ती गाउँपालिका–५ घर भएका २० वर्षीय शशीधर थापाको पनि करेन्ट लागेर मृत्यु भएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा भुइँमा रहेको तारबाट अचानक करेन्ट लाग्दा घाइते भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.