करेन्ट लागेर उदयपुरमा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Jun 05 | 08:54 am 1705

उदयपुर, जेठ २२ः जिल्लाको चौदण्डीगढीमा शनिबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसाहा घुम्तेली टोलका स्थानीय ४७ वर्षीय धनकुमार राई रहेका छन् ।

घरमा भएको विद्युतीय तार हटाउँन खोज्दा एक्कासी करेन्ट लागि घाइते भएको राईलाई उपचारको लागि बेल्टार स्थित चौदण्डीगढी अस्पतालमा ल्याइएको थियो ।

तर उनको बाटैमा निधन भएको चिकित्सकले घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्तारका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

आफ्नै निर्माणाधीन नयाँ घरको लागि मिस्त्रीहरुले बेलुका काम गरेर त्यतिकै छाडेको वायरिङको तार हटाउँने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.