करेन्ट लागि एककाे मृत्यु

रिपोर्ट नेपाल | 2021 Aug 29 | 03:44 pm 2201

सर्लाही, भदाै १३ः चन्द्रनगर गाउँपालिका ६ का ५० वर्षीय नागेश्वर मण्डलकाे आफ्नै घरमा धाराको कल चलाउँदा मोटरको तार सर्ट भई करेन्ट लागेर मृत्यु भएकाे छ ।

करेन्ट लागेर घाईते भएका मण्डलकाे उपचारको लागि जिल्ला अस्पताल सर्लाही लगिएकोमा चिकित्सकले उनकाे मृत्यु भईसकेको भनी घोषणा गरेको थिए । उनकाे शव अस्पतालमा नै रहेको र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटी गइ अनुसन्धान कार्य भईरहेको सर्लाही प्रहरीले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.