करेन्टले होटल सञ्चालक दम्पतीसहित ३ को मृत्यु

रिपोर्ट नेपाल | 2019 Sep 25 | 01:14 pm 1271

धनुषा, असाेज ८ : जिल्लाको गणेशमान नगरपालिका ४ पोर्ताहामा करेन्ट लागेर होटल सञ्चालक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ ।

मंगलबार राति सुतिरहेको अवस्थामा विद्युत्‌ चुहावट हुँदा पूर्वेली स्टाफ होटल सञ्चालक शिवकुमार महतो, उनका श्रीमती र एक महिला कामदारको मृत्यु भएको हो । मृतक महतोकी श्रीमती र कामदारको पहिचान खुलेको छैन ।

बुधबार बिहान प्रहरीको सहयोगमा उनीहरुको शव निकालिएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए । उनका अनुसार उनीहरु सुतेको कोठाका विद्युतीय सामग्री क्षतिग्रस्त छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.