सर्लाही, बैशाख २५ः लालबन्दी नगरपालिका १० चन्द्रपुरमा करेन्ट लागेर एक जना बालककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा स्थानीय शुभाष बराईलीको छोरा बर्ष ११ का सुमन बराईली रहेका छन् ।
उनी आफ्नै घरमा रहेकाे टीभिको ज्याक जोड्ने क्रममा करेण्ट लागि घाईते भई उपचारको लागि गाँउ बाल मैत्री अस्पताल लालबन्दी ल्याई उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुना सथ प्रहरी टोली खटि गई प्रारम्भिक अनुसन्धान कार्य गरी पोष्ट मार्टमको लागी जिल्ला अस्पताल मलंगवा पठाईएको प्रहरीले जानकारी दिएकाे छ ।