सुनसरी, असाेज ८ः जिल्लाको कोशी गाउँपालिका ८ तीनकुनेस्थित पूर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करीव २७ लाख ३० हजार रुपैयाँ
बराबरको मेसीनरी सामानसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही जिल्लाको ईश्वरपुृर बस्ने २४ वर्षीय दिलेश कुमार गोले र सिन्धुपाल्चोक जिल्लाको कमलामाई २ बस्ने १८ वर्षीय ओम कार्की रहेका छन् ।
मे १ क ४४९ नम्बरको टिप्परमा राखेर काठमाडौबाट पाँचथरतर्फ लैजाँदै गरेको उक्त सामानसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनीहरु उक्त टिप्परको चालक तथा सहचालक रहेका छन् । पक्राउ परेका दुवै जनालाई बरामद सामान तथा टिप्परसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।
चोरीपैठारीको विभिन्न सामान बरामद
कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका ३ स्थित लक्ष्मीनगरबाट सशस्त्र प्रहरीले करीव ६ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा, घडी तथा बडी स्प्रे बरामद गरेको छ ।
भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको छ ।
यसैगरी सर्लाही जिल्लाको बरहथहवा नगरपालिका ९ स्थित पुरैनियाबाट सशस्त्र प्रहरीले करीव २ लाख ६९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मनुषमाराबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
त्यसबेला सशस्त्र प्रहरीले एक थान मोटरसाईकल समेत बरामद गरेको छ । बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्धारा औषधी बरामद
झापा जिल्लाको मेची नगरपालिका ६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ३ लाख ६४ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ ।
भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा गाँजा बरामद
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ११ के.जी. गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै
उनले बोकेको बोरा सोही ठाउँमा छाडी फरार भएपछि उक्त बोरामा जाँच गर्दा उल्लेखित परिमाणको गाँजा फेला परेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।